काठमाडौं – कुमारी बैंकले देशका हरेक भागमा रहेका उद्यमशिलता प्रर्वद्धनका लागि ‘देशैभरी बर्षै भरी’ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम संचालन गरिरहेको छ । साना उद्यमीहरुलाई वित्तीय सबलता प्रदान गर्ने हेतुले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोन लोन सुविधा संचालन गरिरहेको छ ।
यस योजना अन्तर्गत उद्यमीहरुले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखाहरुमा आफ्ना ब्यवसायको खाता खोली क्युआर मार्फत प्रतिहप्ता कम्तिमा दुई ब्यवसायिक कारोबारहरु लगातार ४ हप्ता भई मासिक कम्तिमा दश हजार रुपैयाँ बराबरको कारोबार उक्त बैंक खातामा हुदा उद्यमीहरुले दुईलाख सम्मको कर्जा कुनै पनि कागजात वा धितो बिनानै कुमारी बैंकको मोवाइल बैकिङ एप प्रयोग गरि सहजै लिन सक्नेछन् ।
यसरी लिएको कर्जाको भुक्तानीको तरिका समेत उक्त एप मार्फत नै गर्न सकिने भएकोले ब्यावसायिहरु कर्जा लिन तथा तिर्नका लागि बैंक जानु पर्ने छैन । यस सुविधाबाट साना उद्यमीहरु सहजै औपचारिक वित्तिय संयन्त्रमा आर्कषित हुने तथा उनीहरुको उद्यमशिलता प्रर्वद्धनमा केहि टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
कुमारी बैंकको देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij