२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भदौ १९ गतेदेखि ‘दिगो अटो कर्निभल’ सुरू हुने

भदौ १९ गतेदेखि ‘दिगो अटो कर्निभल’ सुरू हुने

1.1K
Shares

काठमाडौं – दिगो ग्रुपले भदौ १९ देखि २२ गतेसम्म ‘दिगो अटो कार्निभल’को आयोजना गर्ने भएको छ। कार्निभलको मुख्य आकर्षण स्पट एक्सचेन्ज कार्यक्रम रहने छ, जसमा सहभागीहरूले पुराना सवारीसाधनलाई नयाँ विद्युतीय सवारीसाधनसँग साट्न सक्ने सुविधा पाउनेछन्।

यस अवसरमा दिगो ग्रुपले सहभागीहरूलाई विशेष नगद छुट, थप मूल्यांकन, र सरल वित्तीय योजनाहरू जस्ता विभिन्न आकर्षक प्रस्तावहरू उपलब्ध गराउने जनाएको छ। चार दिनसम्म चल्ने यस कार्निभलमा दिगो ग्रुपले आफ्ना विभिन्न विद्युतीय गाडीहरूको प्रदर्शनी गर्नेछ। सहभागीहरूले ती गाडीहरूको टेस्ट ड्राइभ गर्न पाउने मौका पनि पाउनेछन्।

जसले ग्राहकहरूलाई दिगोका गाडीहरूको उत्कृष्ट प्रविधि र प्रदर्शनको प्रत्यक्ष अनुभव गर्न मौका प्रदान गर्नेछ। टेस्ट ड्राइभ गर्ने सहभागीहरूलाई आकर्षक गिफ्ट ह्याम्पर्स प्रदान गरिने पनि कार्निभलको अर्को प्रमुख आकर्षण हो। यसै कर्निभलमा दिगो ग्रुप अन्तर्गत अन्य स्टलमा सहभागीहरूले विद्युतीय सवारीसाधन चार्ज गर्न आवश्यक समाधानहरू र चार्जर खरिदको जानकारी लिने अवसर साथै नेपाली राजमार्गमा चर्जिङ स्टेशन साथै रेस्टुरेन्टको सुविधा दिने दिगो इ–स्टपको बारेमा पनि जानकारी लिन पाउनेछन्।

सहभागीहरूले दिगोको विद्य्तीय सवारीसाधन मात्रै नभई चार्जिङ तथा अन्य पूर्वाधारको बारेमा पनि राम्रो जानकारी पाउने दिगोले जनाएको छ।
साथै कार्यक्रममा एक्सचेन्जको लागि भ्यालुएटर, फाइनान्सिङको लागि बैंक तथा इन्स्योरेन्स तथा स्पेयर पाट कम्पनीहरूको पनि उपस्थिति रहने छ।

ग्राहकहरूलाई चाहिने सबै सुविधालाई एकै ठाउँमा ल्याएर गर्न लागेको यस कर्निभल व्यावसायिक इलेक्ट्रिक सवारीसाधन ग्राहकहरूको लागि अत्यन्त महत्त्वपूर्ण हुनेछ कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij