काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले निजी क्षेत्रको दूर सञ्चार सेवा प्रदायक एनसेलको इजाजत पत्र नविकरण गर्ने निर्णय गरेको छ। प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई ५ वर्षका लागि लाइसेन्स नविकरण भएको जानकारी दिएको छ । प्राधिकरणले एनसेललाई भदौ १६ गते नविकरण भएको पत्राचार गरेको हो ।
प्राधिकरण बोर्ड बैठकले भदाै १३ गते बिहीबारको मन्त्रिपरिषदको निर्णय अनुसार कम्पनीको नविकरण गरेको हो । यो सँगै एनसेलले नविकरण वापतको पहिलो किस्ता ५ अर्ब रुपैयाँ सरकारलाई तिरेको छ । यस्तै अब बाँकी रकम चार किस्तामा तिर्नेछ । बाँकी १५ अर्बमा एनसेलले १० प्रतिशतका दरले जरिवाना तिर्नुपर्ने हुन्छ । यद्यपी एनसेलले चाहे समय अगावै किस्ता वापतको रकम तिर्न सक्ने व्यवस्था गरेको छ । भदौ १४ गते मन्त्रीपरिषद बैठकले एनसेलको नविकरण गर्ने निर्णय गरेको थियव । सो निर्णय अनुसार प्राधिकरणले नविकरणको पत्र एनसेललाई पठाएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij