२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सार्वजनिक सेवा प्रसारण विधेयक संसदीय समितिबाट पारित

सार्वजनिक सेवा प्रसारण विधेयक संसदीय समितिबाट पारित

335
Shares

काठमाडौं -सदीय समितिले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ लाई पारित गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबार बसेको बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक,२०७७ लाई दफावार छलफल गरी पारित गरेको हो ।

बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो । समितिमा टुंगिन बाँकी दफाहरूमाथि छलफल गरी समितिमा प्रतिवेदन पेस गर्न समितिले २०८१ वैशाख २६ गते सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा सांसदहरू देवेन्द्र पौडेल, तोसिमा कार्की, डिकबहादुर लिम्बू र रामप्रकाश चौधरी गरी ५ सदस्य रहेको उपसमिति गठन गरेको थियो । सो उपसमितिले समितिमा प्रतिवेदन पेस गरेसँगै समितिले विधेयक पारित गरेको हो ।

राष्ट्रिय सभामा उत्पत्ति भएको सो विधेयक प्रतिनिधि सभाबाट २०८० वैशाख १५ गते दफावार छलफलको लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij