२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नाडा अटो शो २०२४ सम्पन्र

नाडा अटो शो २०२४ सम्पन्र

1.1K
Shares

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा गत भदौ ११ देखिसुरु भएको सवारी साधानको कुम्भ मेलाको रुपमा रहेको नाडा अटो शो २०२४ आज भब्यरुपमा सम्पन्न भएको छ । १६ औं संस्करणको मेला ६ दिनसम्म चलेको थियो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेलबाट शुभारम्भ भएकोे यस १६ संस्करणको नाडा अटो शो २०२४ मा ८२ हजार ४७० अबलोकनकर्ताले अवलोकन गरेका छन् ।

निकै ब्यवस्थित रुपमा सञ्चालित यस प्रदर्शनीमा उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेष्ट मोडेलका सवारी साधनहरुका कारण यो प्रदर्शनी गत बर्षहरुमा भन्दा निकै भब्य रुपमा सम्पन्न भएको छ । थुप्रै नयाँ ब्रान्डका विद्युतिय सवारी साधनहरुको सहभागिताका कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो । यो अटो शो बिगतमा भन्दा निकै भब्य र बृहत भएको अबलोकनकर्ताहरुले समेत टिप्पणी गरेका छन् । अत्यन्तै सुस्ताइरहेको अटोमोवाइल व्यवसायका बावजुद पनि आयोजना गरिएको यो अटो शो ले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहायकसिद्ध भएको छ ।

यस पटकको नाडा अटो शोमा २३ वटा चारपाङ्ग्रे, १८ वटा मोटरसाइकल तथा स्कुटर र १४ वटा लाइट कमर्शियल गरी ५५ ब्राण्डले सहभागिता जनाएका थिए । साथै, २६ वटा कम्पोनेन्ट कम्पनी, ७ वटा बैंक तथा वित्तीय संस्था र एउटा बीमा कम्पनीको सहभागीता थियो ।

यस वर्ष अटो शोमा विद्युतीय सवारी साधनको वर्चश्व रहेको थियो । अटो शोमा १९ लाखदेखि डेढ करोड बढी रुपैयाँका कारहरू प्रदर्शनीमा राखिएको थियो । त्यस्तै, दुईपाँग्रेतर्फ इलेक्ट्रीक स्कुटरदेखि एड्भेन्चर मोटरसाइकल समेत प्रदर्शनीमा थिए । अटो शोमा २ हजार बढी गाडी बुकिङ भएका छन्  ।

अटो शोमा सुजुकी, हुन्डाई, टाटा, किया, महिन्द्रा, एमजी, बीवाइडी, ओमोडारजेको, काई, लिप मोटर्स, रेडारा, आयोन, नेटा, जीकर, एक्सपेङ, अवतार, नामी, सेरेस, दिपल, स्काइवेल, हेनरी र बीएडब्लूले चार पाङ्ग्रे सवारी साधान प्रदर्शनी गरेका थिए ।

मोटरसाइकल ब्राण्डको सहभागिता पनि यस वर्ष निकै राम्रो देखिएको छ । चल्तीका बजाज, यामाहा, टीभीएस, हिरो, सुजुकी, रोयल इनफिल्डसहित सीएफ मोटो, गोगोरो, ग्यारो, जीहो, इलेक्ट्रीक वान, जोनसेन, ट्रायम्फ, एथर, एनआईयू, याडिया, बेनेली, भेस्पा, बीएमडब्ल्यू जस्ता ब्राण्डले सहभागिता जनाएका थिए । लाइट कमर्शियलमा सेग्मेन्टमा केवाइसी, किङलङ, कामा, हाइगर, डोङफेङ, सीएचटीसी, हालमर्भ जस्ता ब्राण्ड सहभागी थिए ।

नाडा अटो शोको २०२४ को दुइ पाङ्ग्रेतर्फको ‘बेस्ट स्टल अवार्ड’ वैद्य इनर्जी प्रा.लि.ले प्राप्त गरेको छ । कमर्सियलतर्फको बेस्ट अवार्ड एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्राइभेट लिमिटेडले प्राप्त गरेको छ । चार पाङ्ग्रे तर्फको बेस्ट स्टल अवार्ड भने सिजी मोटर्स प्रा.लि.को रेडारलाई प्रदान गरिएको छ । यस्तै, कम्पोनेन्टतर्फको बेस्ट स्टल अवार्ड सत्यदीप इनर्जी प्रा.लि.ले जितेको छ ।

उक्त समापन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरी, निबर्तमान अध्यक्ष डा.धु्रव थापा, पूर्व अध्यक्ष— , बरिष्ठ उपाध्यक्ष श्री आकाश गोल्छा प्रदेश उपाध्यक्षद्धय पुष्कर ओझा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ तथा निराकार श्रेष्ठ महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह कोषाध्यक्ष पंकज अग्रवालले १३५ कम्पनीहरुलाई क्रमशः मोमेण्टो समेत वितरण गरेका थिए । नाडाका अनुसार उक्त प्रदर्शनीको ट्राफिक व्यवस्थापनaको कार्य काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी महाशाखाले गरेको थियो ।

सो समापन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२४ लाई सफल बनाउन सहयोग पु¥याउने सवै सरोकारवाला कम्पनी र संस्था सवैलाई धन्यवाद दिएका थिए । नाडा अटो शो २०२४ सम्पन्न गर्न अध्यक्ष चौधरी कै अध्यक्षतामा ५ सदसिय नाडा अटो शो २०२४ व्यवस्थापन समिति गठन गरिएकोे थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij