काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडको संस्थापक शेयर धनीको स्वामित्वमा रहेको ८१ हजार ५७० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयर धनीले मात्रै खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ । इच्छुक संस्थापक शेयर धनीहरूले काठमाण्डौको नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवका कार्यालयमा आफूले लिन चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ।
संस्थापक शेयर धनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्रीका लागि राखिने बैंकले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij