२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नाडा अटो शो २०२४ को आज अन्तिम दिन

नाडा अटो शो २०२४ को आज अन्तिम दिन

760
Shares

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा भाद्र ११ गतेबाट सुरु भएको सवारीसाधनको कुम्भ मेलाको रुपमा रहेको नाडा अटो शो २०२४ को आज आइतबबार अन्तिम दिन हो । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा हुने सवारी साधानहरुको १६ औं संस्करणको अटो शोको उद्घाटन उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेलले गरेका थिए। प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरूको स्टल रहेको छ ।

यसपटकको नाडा अटो शोमा एकै पटक १० नयाँ ब्राण्डले नेपाली बजारमा प्रबेश गरे । उनिहरुले नाडा अटो शो २०२४ मार्फत नै बुकिङ खुलाए । नयाँ ब्राण्डसँगै नयाँ मोडल बीचको प्रतिस्पर्धा रोचक बन्यो । यस पटक इलेक्ट्रीक सवारी साधनको बाहुल्यता रहेको थियो । ५ दिनमा विभिन्न कम्पनिलेहरुले राम्रै बुकिङ भएको जनाएको छ । यस पटक धेरैको रोजाई इलेक्ट्रीक सवारी साधनमा रहेको पाइयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij