२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पत्रकार दाहालले खोले युएईमा नेपाली रेष्टुरेन्ट

पत्रकार दाहालले खोले युएईमा नेपाली रेष्टुरेन्ट

1.4K
Shares

काठमाडौं –  नेपाली पत्रकार फणिन्द्र प्रसाद दाहालले युएईमा रेष्टुरेन्ट सञ्चालमा ल्याएका छन् । सम्पूर्ण प्रकारका नेपाली खाना परिकार पाउने गरी युएईको राजधानी अवुदावीमा दाहालले रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

अर्थप्रधान सञ्ञ्चारमाध्यमहरुको छाता संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)का संस्थापक कोषाध्यक्ष समेत रहेका दाहाल नेपाल रहदा वैदेशिक रोजगार सम्बन्धी क्षेत्रमा कलम चलाउथे । उनी आफै सञ्चालक रहेको रोजगार मिडिया अहिले पनि काठमाडौंमा सञ्चालित छ ।

केही महिना अघि नै अवुदावीमा रेष्टुरेन्ट सञ्चालन गरे पनि हालैमात्रै उनले आफ्नो व्यक्तिगत बनाएका हुन् । अबुदावीको अल्फला स्टटिट सुडानी क्लबसँगै रहेको दाहाललको रेष्टुरेन्टमा एकै पटक ८५ जनाले बसेर खाना खान सक्ने सिट क्षमता रहेको छ । उनले आम नेपालीहरुलाई आफ्नो रेस्टुरेन्टमा खाना खान आउन सामाजिक सञ्जाल फेसवुकबाट चुल्हे निम्तो समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij