काठमाडौं– वुलिङ ईभीको नेपालका लागि आधिकारिक वितरक पारमाउनन्ट मोटर्सले दशैं अफर ल्याएको छ । विङ्गो ईभीमा २ लाख छुट दिएर कम्पनीले अफर सार्बजनिक गरको हो ।
कारलाई अव ग्राहकले ३९ लाख ९९ हजारमा खरिद गर्न सक्नेछन् । पारमाउन्ट मोटर्सले यसअघि एमजी जेडएस ईभीमा समेत एकैपटक ६ लाख रुपैयाँ घटाएर गाडी बिक्री गर्ने योजना ल्याएको थियो ।
यसको ५० केडब्लू ड्राइभ मोटरले १२० किमि/घण्टासम्मको अधिकतम गति प्रदान गर्छ, जसले दक्षता र रोमाञ्चक प्रदर्शनलाई मिलाउँछ । डीसी चार्जिङमा लगभग ३५ मिनेटमै फुल चार्ज हुने विङ्गो ईभीमा डुअल फ्रन्ट एयरब्याग, एबीएस ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र अन्य सुरक्षाका उपायहरू जस्तै पार्किङ र रियर क्यामेरा, आईएसओएफआईएक्स र टायर प्रेसर मोनीटरिङ सिस्टम उपलब्ध छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij