काठमाडौं – नाडा अटो शो २०२४ मा बिक्री सुरू गरेको टाटा पन्च इभीको नेपालमा उत्साहजनक सुरुवात भएको छ। बिक्री सुरू गरेको पहिलो दिनमै नेपालभरी १०० भन्दा बढी बुकिङ भएको कम्पनीले जनाएको छ।
कम्पनीले केही दिन अघिबाट टाटा पन्च इभीको प्रि–बुकिङ सुरू गरिसकेको थियो। ३३ लाख ९९ हजार रूपैयाँ सुरूवाती मूल्यमा यो गाडी सार्वजनिक गरिएको छ।
यो मूल्य नाडा शो सम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीको भनाइ छ। साथै, नाडामा गाडी बुकिङ गर्ने ग्राहकहरूले सिप्रदीको चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङ पनि पाउने टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदीले ट्रेडिङ प्रालिले जनाएको छ।
सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीले भने, ‘टाटा पन्च इभीलाई लिएर नेपालमा जुन प्रकारको उत्साह थियो, त्यो बुकिङमा पनि देखिएको छ। विगतमा पनि टाटा मोटर्सले सधै नेपाली जनताको चाहअनुसारको गाडीहरू ल्याउन सफल भएको छ र यो पन्च इभीको सकारात्मक सुरुवात देखेर यसमा सफल भएको महसुस गरेका छौँ।’
‘गत वर्ष नाडाबाटै बिक्री सुरू गरिएको टियागो इभी नेपालको सर्वाधिक बिक्री हुने इभी ह्याचब्याक बन्न सफल भएको थियो र पन्च इभीले पनि नेपालमा राम्रो बजार लिनेमा हामी विश्वस्त छौँ,’ उनले भने।
साथै, ग्राहकहरूले टाटा इभी नाडा अटो शो २०२४ मा टियागो इभीको हरेक बुकिङमा ग्राहकहरूले जोडीको लागि थाइल्याण्ड यात्रा पाउनका साथै १ वर्षको सवारी कर र एसोसरिज प्राप्त गर्ने कम्पनीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij