काठमाडौं – आज शेयर बजार नेप्से परिसूचक ३ दशलमव ८० अंकले बढेर २,७८६ को विन्दुमा कायम भएको छ । आज ९७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३ करोड ५० लाख ७ हजार ३९ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ४३ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बुधबार बैंकिङ समूहको ०.९२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.०९ प्रतिशत, हाइड्रोपावर समूहमको ०.४९ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.०१ प्रतिशतसहित आठ उपसूचकमा हरियाली भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij