२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा

सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा

845
Shares

काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। मंगलबार तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ८ सय रुपैयाँ बढेर तोलाको १ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको हो ।

आज प्रति १० ग्राम छापावाल सुनको मुल्य १ लाख ३१ हजार २ सय ६० रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज कायम भएको सुनको मुल्य हालसम्मकै उच्च हो ।

यसअघि गत भदौ ५ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो। आज सो रेकर्ड तोडिएको हो ।

त्यसैगरी चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँले बढेर तोलाको १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १८ सय ५० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij