काठमाडौं – काठमाडौंको भृकुटुमण्डपमा सुरु भएको १६औँ संस्करणको नाडा अटो सो २०२४ को पहिलो दिन ग्राहकको उत्साहजनक सहभागीता रहेको छ । भाद्र ११ गते मंगलबार पहिलो दिन अटो शोमा ८५०० भन्दा बढीले अवलोकन गरेको नाडा अटो शोका सभापति अनुपकुमार बरालले जानकारी दिएका छन् । गत वर्षको भन्दा यस पटक अवलोकनकर्ताहरुको राम्रो उपस्थिती रहेको बरालले बताए । इभीका स्टलहरुमा अवलोकनकर्ताहरुको आकर्षण देखिन्थ्यो ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको सवारी साधनको कुम्भ मेलामा ग्राहकको पहिलो रोजाई इभी सवारी साधन रोजाईमा परेको छ । ६ दिनसम्म चल्ने अटो शोमा नेपाली बजारमा उपलब्धमध्ये अधिकांश सवारी ब्रान्ड सहभागी छन्। यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्राण्ड, १९ दुई पाङ्ग्रे ब्राण्ड र १२ व्यवसायिक सवारी साधनका ब्राण्डहरु प्रदर्शनमा राखिएको छ ।
साथै ३३ कम्पनी कम्पनीहरु लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्याजेट उपकरण र अन्य अटो कम्पोनेन्टहरु सहभागी छन् । ७ वित्तीय संस्थाहरुसहित शो मा ९५ प्रदर्शक सहभागी छन्, जसले १३० वटा स्टलहरुमा आफ्ना उत्पादनहरु र सेवाहरु प्रदर्शन गरेका छन् । शोमार्फत करीब एक दर्जन नयाँ ब्रान्डले विद्युतीय गाडी विक्री शुरु गरेका छन् ।
नेपाली बजारमा विद्युतीय कारको माग तथा बिक्री बढ्दै गएकाले यो वर्षको अटो शोमा प्यासेन्जर कार र लाइट कमर्सियल सेगमेन्टमा विद्युतीय ब्रान्डको बाहुल्यता उलेख्य बढेको देखिन्छ । नाडा अटो शोमा लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र माछापुच्छ्रे बैंकले समेत सहभागी जनाएको छ । बैंकले सवारी खरिद गर्ने ग्राहकका लागि सुविधा दिएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij