काठमाडौं – सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख १४ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको २ लाख १४ हजार ६७४ कित्ता शेयर बिक्रीमा राखिएको हो।
संस्थाको यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले खरिद निवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ।
इच्छुक संस्थापक शेयरधनीले तोकिएको म्यादभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी तनहुँको बन्दीपुर–१ डुम्रेस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij