२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नाडा अटो शो : ‘जिकर एक्स’मा १० लाख छुट

नाडा अटो शो : ‘जिकर एक्स’मा १० लाख छुट

935
Shares

काठमाडौं – चिनियाँ ब्राण्ड जिलीको प्रिमियम इलेक्ट्रीक ब्राण्ड जिकर एक्स नाडा अटो शो २०२४ मा सार्वजनिक भएको छ । कम्पनीले जिकर ब्राण्ड लन्चसँगै एक्स मोडल प्रदर्शनी गरेको हो ।

सारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले टु ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा जिकर एक्स नेपाल ल्याएको हो । कम्पनीले टु ह्वील ड्राइभ भेरियन्टको मूल्य ७९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले यसअघि यसको सुरुआति मूल्य ८९ लाख ९९ हजार रुपैयाँ तोकेको थियो । कम्पनीले नाडा अटो शो भरी दुवै गाडीमा १० लाख रुपैयाँ छुटको अफर दिएको छ ।

त्यसैगरी फोर ह्वील ड्राइभ भर्सनको मूल्य १ करोड ४९ लाख रुपैयाँ तोकिएको छ । यी दुई भेरियन्टमा मूल्यमा ठूलो अन्तर हुनुमा मोटर पावर मुख्य कारण हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij