काठमाडौं – एमजी जेड एस डिलक्स ईभीले ६ लाख रुपैयाँको नयाँ अफर ल्याएको छ । ५२ लाख ९९ हजारमा विक्री हुँदै आएको कार अब ४६ लाख ९९ हजार रुपैयाँमा पाइने छ ।
एमजीको १०० वर्श पुगेको अवसरमा पारामाउन्ट मोटर्सले नयाँ अफरको रुपमा मूल्य घटाएको हो । यो अफर आगामी अक्टोबर ५ तारिखसम्म लागु हुने प्रबन्ध निर्देशक सचिन अर्यालले जानकारी दिए । कम्पनीका अनुसार यस छुटमा, एमजी ZS EV डिलक्स संस्करण रु. ४६. ९९ लाखमा उपलब्ध हुनेछ । यस मूल्यमा ग्राहकहरूले एमजी ZS EV का उन्नत सुविधाहरू र राम्रो प्रदर्शनको अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीले भनेको छ ‘एमजी Zs EV मा सुरक्षा र सुविधा लागि धेरै अब्बल सुविधाहरू छन् । यसमा छ वटा एयरब्याग्स, हिल लञ्च असिस्ट, फ्रन्ट कॉलिजन वार्निङ, स्पीड असिस्टेन्स सिस्टम, एडास लेभल २, र वायरलेस चार्जिङ समावेश छ।’
“हामी हाम्रो ग्राहकहरूलाई यो विशेष दशैंको अफर सार्वजनिक गर्न खुशी छौं,” प्यारामाउंट मोटर्सका प्रवक्ताले भने। “एमजी ZS EV भविष्यको इलेक्ट्रिक गाडी हो, जसमा उन्नत सुरक्षा र प्रविधि छ। यस सीमित समयको प्रस्तावको लाभ उठाउन र चाडपर्वलाई रमाइलो बनाउन हामी सबैलाई आमन्त्रण गर्छौं।”
उनका अनुसार यो विशेष प्रस्ताव २७ अगस्त देखि ५ अक्टोबर २०२४ सम्म मात्र उपलब्ध हुने छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij