२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुजुकीले ल्यायो ‘पर्वोत्सव’ योजना

सुजुकीले ल्यायो ‘पर्वोत्सव’ योजना

1.1K
Shares

काठमाडौं – नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैंतिहारलक्षित आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकले चार लाख रुपियाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा, बीस हजारसम्मको लोयल्टी बोनस पाउनेछन् । त्यसैगरी, एक लाख रुपियाँसम्मको एक्सचेन्ज बोनस र सिट कभरसहितको एक्सेसरिज पनि ग्राहकले पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले नाडा अटो शो लक्षित गरी शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप दुई लाख रुपियाँसम्मको छुट प्रदान गर्ने जनाएको छ ।

नाडा अटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट, इलेक्ट्रिक कारमा जस्तै ५ वर्षको लागि शुन्य रनिङ्ग खर्च हुने गरी अफर पनि ल्याएको छ । यो अद्वितीय योजनाले नयाँ स्विफ्ट ग्राहकहरूले रनिङ्ग खर्चको बोझ बिना ढुक्कको ड्राइभिङ अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।

यो योजना सीमित अवधिका लागि मात्रै मान्य हुने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij