२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेरेस थ्री ईभी अब ४५ लाख ४९ हजारमा

सेरेस थ्री ईभी अब ४५ लाख ४९ हजारमा

1.1K
Shares

काठमाडौं – एमएडब्लू वृद्धि मोटोकर्पले सेरेस-थ्रीको मूल्य घटाएको छ । नेपालमा सेरेस ईभीको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले नाडा अटो शो २०२४ को अवसरमा नयाँ सेरेस ३ ईभीमा विशेष अफर घोषणा गरेको छ ।

यस अनुसार अब नयाँ सेरेस ३ कम्फर्ट मोडल ४५ लाख ४९ हजार रुपैयाँमै उपलब्ध हुनेछ । प्रिमियम मोडलको मूल्य ४८ लाख ८७ हजार रहेको छ ।

यो भन्दा पहिले यी दुई भेरिएन्टको मूल्य ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजार रुपैयाँ थियो । यस अनुसार दुई मोडलको मूल्यमा ४ लाख ५० हजार रुपैयाँ सम्म कमी आएको छ ।

कम्पनीले यो अफरलाई ‘सीमाहीन अफर’ भनेको छ । सो विशेष अफरले नयाँ सेरेस ३ लाई अपार मूल्यको साथ उपलब्ध गराएको बताइएको छ ।

सेरेस ३ ले उन्नत प्रविधि, बलियो निर्माण गुणस्तर र स्टाइलिश एसयूभी डिजाइनलाई संयोजन गर्छ। बलियो सडक उपस्थिति र प्रभावशाली अफरोड क्षमताहरूका लागि परिचित सेरेस ३ ईभीले कठिन कोरला सिमानाको भूभागलाई पार गर्ने पहिलो विद्युतीय सवारीको रूपमा समेत प्रमाणित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij