काठमाडौं – कुमारी क्यापिटल लिमिटेडको खुलामुखी सामुहिक लगानी योजना ‘ओपन म्युचुअल फण्ड’ले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। कुमारी बैंक कोष प्रबर्द्धक तथा कुमारी क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “कुमारी सुनौलो लगानी योजना” नामक खुलामुखी योजनाले प्रतिफल घोषणा गरेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को लेखा परिक्षणको कार्य सम्पन्न भई योजना व्यवस्थापकको २०८१/०५/१० गते बिहान ११:३० बजे बसेको संचालक समितिको ७० औं बैठकले आर्थिक वर्ष २०८० / ०८१ का लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित ९.५० प्रतिशतका दरले हुन आउने प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण गर्नको लागि भदौ ११ गते बुक क्लोज गरिएको छ । भदौ १० गते गतेसम्म इकाईधनीले उक्त लाभांश पाउन सक्ने छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij