२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भदौ २१ गते देखि इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स तेस्रो अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

भदौ २१ गते देखि इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स तेस्रो अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

805
Shares

काठमाडौं – मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचर ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ ।प्रदर्शनी भदौ २१ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको हो ।  मिडिया स्पेस सोलुसन्सका प्रवन्ध निर्देशक सिर्जल भट्टराइले तेस्रो पटक आयोजना हुन गइरहेकोे प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने बताउनु भयो । उहाँले प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नविनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्रीहरुको स्टल रहने बताउनु भयो ।

उहाँले प्रदर्शनीमा वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरु, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चार्जिङ्ग स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीको स्टल रहने बताउनु भयो । उहाँले आफ्नै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलिकरण गर्दै विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवद्र्धनमा अत्यधिक टेवा पु¥याउने उद्देश्य प्रदर्शनीको छ ।

उहाँले विद्युतीय उपकरणहरुलाई  प्रबर्धन तथा प्रोत्साहन गर्ने, विद्युत तथा गुणस्तरीय विद्युतीय सामग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका लागि प्रदर्शनी आयोजना गर्न लागेको बताउनु भयो । उहाँले प्रदर्शनी दशैँको अवसर पारेर ग्राहकहरुले विभिन्न कम्पनिका विद्युतीय सामग्रीहरु एकै ठाउँमा हेर्न तथा मन परेको सामान खरिद गर्न पाउने व्यवस्था गर्ने भएको छ ।

नेपालको बजारमा चाड पर्वको बेलामा विभिन्न नयाँ विद्युतीय सामानहरु खरिद गर्ने चलन रहेको तथा नेपालीहरुको महान पर्व दशैँको केही हप्ता अगाडी आयोजना हुने यस प्रदर्शनीले  ग्राहकहरुलाई आकर्षित गर्ने कुरामा आयोजकले विश्वास लिएका छन् । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रबिधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवद्र्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरूबारे सूचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पु¥याउने लक्ष्य यस संस्करणको रहेको जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij