काठमाडौं – नेपाल बैंकको टीकापुर तथा कटहरिया शाखा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आएका छन् । कम्पनीका अनुसार कैलाली जिल्लाको टीकापुर नगरपालिका- १ रारामार्गमा शाखा स्थापनाको ५० वर्षपछि आफ्नै स्वामित्वको भवनबाट बैकिङ्ग कारोवार गर्ने गरी भदौ सात गतेबाट सञ्चालनमा आएको हो ।
यसैगरी, रौतहट जिल्लाको कटहरिया नगररपालिका- ५ मा शाखा कार्यालय स्थापनाको ५० वर्षपछि आफ्नै ग्राहकमैत्री नवनिर्मित भवनबाट सम्पूर्ण बैंकिङ्ग कारोबार शुरु भएको छ ।
नेपालको पहिलो बैंक समेत रहेको भन्दै कम्पनीले देशैभरि रहेको आफ्नै जग्गामा आवश्यकताको आधारमा आफ्नै भवन निर्माण गरी कारोबार सञ्चालन गर्दै आएको बताएको छ ।
ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै निर्माण गरिएको ग्राहकमैत्री भवनबाट ग्राहकले सम्पूर्ण बैकिङ्ग कारोबार गर्न सक्नेछन् । हाल कम्पनीको नेपालभर २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटीएम काउण्टरबाट सेवा सञ्चालन भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij