२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘होन्डा कार दसैं उपहार, अफरमाथि अफर’ योजना सार्वजनिक

‘होन्डा कार दसैं उपहार, अफरमाथि अफर’ योजना सार्वजनिक

1.3K
Shares

काठमाडौं – होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले चार्डपर्व लक्षित योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘होन्डा कार दसैं उपहार, अफरमाथि अफर’ योजना ल्याएको हो । उक्त योजनाअन्तर्गत ग्राहकले होन्डाको कुनै पनि कार खरिदमा पाँच लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्नेछन् ।

साथै दुई वर्षका लागि गाडीको इन्स्योरेन्स, ट्याक्स छुट र पाँच वर्षसम्म गाडीको सर्भिसिङ सुविधा पनि निःशुल्क प्राप्त गर्न सकिने योजना रहेको कम्पनीले जनाएको छ ।

होन्डाले ग्राहकको सुविधाका लागि २० प्रतिशतसम्मको ब्याजदरमा डाउनपेमेन्टका साथ होन्डाको कार खरिद गर्न सकिने सुविधा उपलब्ध गराइरहेको जनाएको छ । कम्पनीले निःशुल्क एक्सेसरिज, स्पट एक्सचेन्ज, रोड साइड असिसटेन्स र दुई वर्षसम्म होन्डाको कार चलाए वारेन्टी उपलब्ध गराउने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij