डा.हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार २०८१, नयाँ पत्रिका दैनिकका आर्थिक ब्यूरो प्रमुख कृष्ण रिजाललाई प्रदान गरिने भएको छ । नेपालमा लघुवित्त वित्तीय संस्थाको पिताको रुपमा परिचित स्वर्गीय डा हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको १ लाख रुपैयाँ राशिको आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष रिजाललाई प्रदान गर्ने निर्णय भएको हो।
डा.हरिहरदेव पन्त फाउन्डेशनद्वारा स्थापित उक्त पुरस्कार निर्णायक समितिले उक्त पुरस्कार डा पन्तको नवौं वार्षिक पुण्य स्मृति दिवस पारेर आगामी भदौ २१ गते प्रदान गर्नेछ।फाउन्डेसनले प्रत्येक वर्ष एकजना उत्कृष्ट आर्थिक पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij