२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बीवाईडीले अटो शोमा नयाँ कार ‘सिलायन–०७’ प्रदर्शन गर्ने

बीवाईडीले अटो शोमा नयाँ कार ‘सिलायन–०७’ प्रदर्शन गर्ने

1.2K
Shares

काठमाडौं– बीवाईडीले नाडा अटो शो २०२४ मा प्रदर्शनीका लागि नयाँ विद्युतीय कार ल्याएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ कार भित्र्याएको हो । मंगलबारदेखि सुरु हुने नाडा अटो शो २०२४ मा प्रदर्शनीका लागि साइमेक्सले बीवाईडी सिलायन–०७ ल्याएको छ । कम्पनीले यो नयाँ विद्युतीय कार तत्काल बिक्रीका लागि नभइ अटो शोमा प्रदर्शनीमा राख्ने छ । मिडसाइज एसयूभी सिलायन बीवाईडीले २०२३ नोभेम्बरमा पहिलो पटक सार्वजनिक गरेको थियो ।

सिलायनको इन्टेरियरमा मसाज फङ्सन सहितको भेन्टीलेटेड सिट, नयाँ डिजाइनको फोर स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, १५.६ इन्चको रोटरी इन्फोटेन्मेन्ट स्कृन छन् । साथै यसमा १२ वटा अल्ट्रा सोनिक सेन्सर, ५ एमएम वेभ राडार, ११ वटा ओम्नी भ्यू क्यामरा दिइएको छ ।

त्यसैगरी भ्वाइस कन्ट्रोल, कृष्टल गियर सेलेक्टर, ल्यापटपका लागि २२० भोल्टको पावर सप्लाइ, एनएफसी कीलेस इन्ट्री, १२ वटा स्पीकर, ५० वाटको वायलेस चार्जर, ५० इन्चको एआर एचयूडी, इलेक्ट्रोक्रोमिक मुनरुफ, नापा लेदर सिट दिइएको छ ।कारको लम्बाइ ४८ सय ३० एमएम, चौडाइ १९ सय २५ एमए, उचाइ १६ सय २० एमएम रहेको छ भने यो विद्युतीय एसयूभीको ह्वील वेस २९ सय ३० एमएम रहेको छ ।

सिलायन–०७ दुई ब्याट्री अप्सन ७१.८ र ८०.६४ किलोवाट आवरमा उपलब्ध छ । चीनमा सिलायन सेभेन स्ट्यान्डर्डले एक पटकको फुल चार्जमा ५ सय ५० किलोमिटर र लङ रेन्जले ६ सय १० किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ ।

हाल बीलाईडीले नेपाली बजारमा एटो थ्री, डलफिन र सिल सेडान कार बिक्री गर्दै आएको छ । कम्पनीले केहीदिन अघि एटो थ्रीको २०२४ भर्सन सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij