२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तीजको अवसरमा नेपाल बैंकले ल्यायो महिला बचत खातामा छूट सुविधा

तीजको अवसरमा नेपाल बैंकले ल्यायो महिला बचत खातामा छूट सुविधा

655
Shares

काठमाडौं–  नेपाल बैंकले हरितालिका तीजको अवसरमा महिलाहरूको वित्तीय पहुँच र समावेशीकरणको वृद्धिका लागि महिला बचत खाता शून्य मौज्दातमा खोल्न सकिने सुविधा ल्याएको छ ।

यो सुविधा भदौ १ गतेदेखि भदौ ३१गतेसम्म लागू हुने कम्पनीले बताएको छ । साथै कम्पनीले पहिलो वर्षको लागि  डेबिट कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट खाता, मेरो शेयर, सी आस्वा रजिष्ट्रेसन सेवा निःशुल्क गरेको छ । यसका साथै कम्पनीले लकर सेवामा राख्नुपर्ने धरौटी रकम राख्नु नपर्ने तथा कमिशन शुल्कमा समेत शतप्रतिशत छूट प्रदान गरिएको बताएको छ ।

हाल कम्पनीमा करिब ४३ प्रतिशत महिला कर्मचारीहरु कार्यरत छन् ।  कम्पनीले हाल मुलुकभर २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटीएम काउण्टरबाट सेवा सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij