२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चण्डीप्रसाद घिमिरे नियुक्त

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चण्डीप्रसाद घिमिरे नियुक्त

825
Shares

काठमाडौं – मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयले २ विभागमा महानिर्देशकहरु नियुक्त गरेको छ । सम्पति शुद्धिकरण विभागमा सहसचिव सुमन दाहाल र राजस्व अनुसन्धान विभागमा चण्डीप्रसाद घिमिरेलाई नियुक्त गरेको हो ।

यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक सहसचिव चक्रबहादुर बुढाको सरुवा भैसकेको छ भने सम्पति शुद्धिकरण विभागका महानिर्देशक कमलप्रसाद भट्टराईको पनि राष्ट्रिय सूचना आयोगमा सरुवा भैसकेको छ ।

सम्पति विभागको डीजी सुमन दाहाल यसअघि भन्सार विभागको सफल नेतृत्व गरिसकेका छन् । यस्तै, अर्थ मन्त्रालय अन्तर्गतको बजेट महाशाखा वितिय संघियता महाशाखा प्रशासन महाशाखाको जिम्मेवारीमा बसिसकेका छन् ।

यस्तै राजस्व अनुसन्धान विभागका महानिर्देशक जिम्मेवारी पाएका सहसचिव घिमिरे अर्थ मन्त्रालयकै राजस्व समुहका कर्मचारी हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij