काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेड अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001: 2015 प्रमाणित कम्पनी बनेको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तराष्ट्रिय स्तरको अब्बल गुणस्तरीय सेवा प्रदान गरेबापत साउन ३२ गतदेखि लागू हुने गरी बैंक आईएसआ प्रमाणित भएको हो ।
बैंकले ‘प्रोभिजन अफ डेभलपमेन्ट बैंकिङ एक्टिभिटिज’ अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको हो । यस्तो प्रमाणपत्र प्राप्त गर्ने विकास बैंकहरूमा महालक्ष्मी विकास बैंक पहिलो बनेको छ ।
अन्तराष्ट्रिय मापदण्ड अनुरूपको बलियो गुणस्तर ब्यवस्थापन प्रणाली कायम गरेका साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टीलाई सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर रूपमा सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन् । यस प्रमाण पत्र प्राप्तिको लागि यस बैंकको नीतिनियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिट ‘रोयल इम्प्याक्ट सर्टिफिकेशन लिमिटेड यूएसए’ द्वारा गरिएको बैंकले जनाएको छ ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै विगत ३० वर्षदेखि अनवरत रूपले वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस बैंकको देशभर १०३ शाखा कार्यालय र करीब ७ लाख ग्राहक छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij