काठमाडौं – बिहीबार नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ को विन्दुमा बन्द भएको हो। बजार बढ्दा १३२ कम्पनीको शेयरमुल्य उकालो लागेको छ भने १०९ कम्पनीको शेयरमुल्य घटेको छ। आज ३ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ। यस दिन ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता शेयर किनबेच हुँदा १९ अर्ब १६ करोड ६ लाख ५२ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आज नेप्से उपसमूहमा रहेका ७ वटा समूहमा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक ४.५२ प्रतिशतले बढ्दा व्यापार समूह सबैभन्दा बढी १.५५ प्रतिशतले घटेको छ।
सर्वाधिक कारोबार शाइन रेसुंगा डेभलपमेन्ट बैंकको भएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij