२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विद्यालय तहको शिक्षालाई तीनै तहको सरकारको साझा सूचिमा राख्न शिक्षक सङ्गठनको माग

विद्यालय तहको शिक्षालाई तीनै तहको सरकारको साझा सूचिमा राख्न शिक्षक सङ्गठनको माग

555
Shares

काठमाडौं – नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले विद्यालय तहको शिक्षालाई तीनै तहको सरकारको साझा सूचिमा राख्न सरकारसँग माग गरेको छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले विद्यालय तहको शिक्षालाई संघ, प्रदेश र स्थानीय तहको सरकारको साझा सूचीमा राख्न सरकारसँग माग गरेको हो । त्यस्तै सार्वजनिक शिक्षा क्षेत्रमा स्थानीय तहले मनलाग्दी रुपमा शिक्षा कार्यविधि बनाउने, सरुवा, घटुवा र तलव रोक्ने सम्म काम गरिरहेको भन्दै त्यस्तो काम तत्काल रोक्न पनि माग गरेको छ । शिक्षक तथा विद्यालय कर्मचारीमाथि कार्यस्थलमा हुने आक्रमण तथा दुव्र्यवहार रोक्न पनि सरकारलाई आग्रह गरेको छ । सङ्गठनले शिक्षा क्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र मेधावी जनशक्ति भित्र्याउनका लागि विशेष शैक्षिक नीति ल्याउन सरकारसँग माग गरेको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३ औँ राष्ट्रिय परिषद् बैठकको निर्णय सुनाउँदै महासचिव हंसबहादुर शाहीले तीनै तहको सरकारले सार्वजनिक शिक्षामा बजेटको २० प्रतिशत रकम विनियोजन गर्न माग गरिएको जानकारी दिनुभयो । त्यसैगरी विद्यालयमा काम गर्ने सबै प्रकारका शिक्षक र कर्मचारीहरुलाई स्थायी शिक्षक सरहको तलव र योगदानमा आधारित सामाजिक सुरक्षाको प्रवन्ध गर्न आग्रह गरिएको छ । हाल कक्षा ५ सम्मका विद्यार्थीहरुलाई दिवा खाजाका लागि १५ रुपैयाँका दरले प्रदान गरिँदै आएको रकम बढाएर ५० रुपैयाँ पु¥याउन पनि सङ्गठनले सरकार समक्ष माग गरेको छ । त्यस्तै शिक्षक सेवा आयोगलाई संवैधानिक आयोग बनाउन पनि माग गरिएको छ ।

सङ्गठनले शिक्षा क्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र मेधावी जनशक्ति भित्र्याउन विशेष शैक्षिक नीति ल्याउन सरकारसँग माग गरेको छ । त्यसैरी नीजि तथा सामुदायिक विद्यालयका नीजि स्रोतमा कार्यरत शिक्षक कर्मचारीहरुको नियुक्ति, सेवासुविधा, पेशागत विकास र सुरक्षाको भरपर्दो व्यवस्थापन गर्न माग गरिएको महासचिव शाहीले जानकारी दिनुभयो ।
सङ्गठनले आफ्नो १४ औँ राष्ट्रिय महाधिवेशन २०८२ साल वैशाख ५, ६ र ७ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij