२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाए

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाए

1.1K
Shares

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ७० जना प्रदेश सभा सदस्यले मत दिए ।

८७ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले पाएको मत करिब दुई तिहाइ हो । आचार्यले राखेको प्रस्तावको विपक्षमा जम्मा ११ जनाले मत दिए भने ५ जना अनुपस्थित भए । उनलाई एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३–३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिएका हुन् । माओवादी केन्द्रका ११, राप्रपाका ४ तथा एकीकृत समाजवादी र जनमोर्चाका एक एक सांसद प्रतिपक्षमा छन् ।
साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij