काठमाडौं – आज जनै पूर्णिमा । यस दिनको विशेष खान्की हो, क्वाँटी । त्यसो त हरेकजसो पर्वको आ–आफ्नै विशेष परिकार हुने गर्छ । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । क्वाँटीमा नौथरी गेडागुडीको मिश्रण हो । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउको मिश्रण नै क्वाँटी हो । धार्मिक मान्यता अनुसार प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको रातमा क्वाँटी खाने चलन छ । वर्षाको मौसममा खेतीकिसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व छ ।
के छ फाइदा ?
पोषणविद्का अनुसार क्वाँटी आफैमा प्रोटिनको सम्पूर्ण स्रोत हो । यो शक्तिवद्र्धक एवं पौष्टिक आहारा हो । यसमा भिटामिन बिका सबैजसो प्रकार पाइन्छ ।
क्वाँटीबाट शक्ति र स्वाद दुबै पाइने भएकाले यसको विशेषता छ । यसमा पूर्ण प्रोटिन पाइन्छ । फरक–फरक गेडागुडीको मिश्रणबाट तयार पारिने भएकाले क्वाँटीलाई शक्तिबद्र्धक पौष्टिक आहारका रुपमा लिइन्छ । रोगप्रतिरोधात्मक क्षमता बढाउने ‘एन्टी अक्सिडेन्ट’ पनि क्वाँटीमा पाइन्छ । क्यालोरीको मात्रा पनि बढी हुने भएकाले धेरै प्रकारका रोगीलाई फाइदाजनक हुन्छ ।
–तत्काल आवश्यक उर्जा प्राप्त हुन्छ ।
–मांसपेशीको मर्मत संभारमा सहयोग गर्छ ।
–रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
–रक्तसंचार र स्नायु प्रणालीमा फाइदा पुग्छ ।
– क्वाँटीले कब्जियतको समस्या हटाउँछ ।
–मधुमेह तथा पायल्स भएकालाई फाइदाजनक मानिन्छ ।
-कब्जियतको समस्या हुनेले धेरै फाइदा पुग्ने गर्दछ ।
-मधुमेह तथा पायल्स भएकालाई फाइदा पु¥याउँछ ।
-बूढो हुने गतिलाई मन्द पार्नुका साथै मानिसलाई सुन्दर स्वस्थ र
-रोगमुक्त पार्दछ ।
-शरिरको थकाई कम गर्छ र तनावबाट मुक्त गराउँछ ।
-क्वाँटीमा पनि भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन इ तथा खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छ ।
-क्वाँटी खाँदा रक्तसंचार र स्नायू प्रणालीलाई पनि धेरै फाइदा पुग्छ
-क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।
-मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
-कुपोषण हटाउन सकिन्छ ।
-क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुटकारा मिल्छ ।
-गेडागुडीमा हुने सबै पौष्टिक तत्व शरिरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार ल्याउँछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij