२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुलुकको विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब

मुलुकको विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब

665
Shares

काठमाडौँ — गत आर्थिक वर्षको अन्त्यसम्म मुलुकको कुल विदेशी विनिमय (मुद्रा) सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ पुगेको छ । २०८० असारको तुलनामा यो ३२.६ प्रतिशतले बढेको हो ।

२०८० असारमा यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको थियो । २०८१ असारसम्म अमेरिकी डलरमा यस्तो सञ्चिति १५ अर्ब २७ करोड कायम भएको छ । जबकि, २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेको थियो । एक वर्षको अवधिमा अमेरिकी डलरमा पनि यस्तो सञ्चिति ३०.४ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दाबी राष्ट्र बैंकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij