२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा केन्द्रीय कारागार सुन्धारा चलान

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा केन्द्रीय कारागार सुन्धारा चलान

455
Shares

काठमाडौं –  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन् ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि कारागार चलाननको आदेश दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार अदालतको आदेशपछि झालाई केन्द्रीय कारागार सुन्धानरा पठाइएको छ ।

 

झाविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो ।

६६ वर्षीय झाले भने आफूमाथि लागेको सबै आरोपको खण्डन गर्दै आफूलाई केही जानकारी नभएको बयान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij