२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल बैंकको विशेष साधारणसभा आह्वान

नबिल बैंकको विशेष साधारणसभा आह्वान

1.1K
Shares

काठमाडौं– नबिल बैंक लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । बैंकको गत साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा गर्ने निर्णय गरेको हो । कम्पनीले आगामी भदौ १७ गते अनलाइन माध्यमबाट विशेष साधारणसभा गर्ने बताएको छ ।

सभामा ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने र अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पेश हुने छन् । त्यस्तै कम्पनीको प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पेश हुने छ।

कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि आगामी भदौ ७ गते एक दिन बुक क्लोज गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij