२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्री ओलीसँग जर्मनीका राजदूत पिन्जको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग जर्मनीका राजदूत पिन्जको शिष्टाचार भेट

410
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस पिन्जले शुक्रबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीच ६६ वर्षदेखि हुँदै आएको कूटनीतिक र आर्थिक सम्बन्ध तथा आपसी हितबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

जर्मनी नेपालको एक पुरानो विकास र व्यापारको साझेदार मुलुक भएकाले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएको भन्दै प्रधानमन्त्री ओलीले आभार व्यक्त गरे ।

भेटका अवसरमा प्रधानमन्त्रीको निजी सचिवालय र परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij