२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त

निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त

1.2K
Shares

काठमाडौं– नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा कृष्ण बहादुर अधिकारीलाई नियुक्त गरेको छ।

बैंकको बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । अधिकारीले भदौ २ गतेदेखि कार्यभार सम्हाल्ने छन् । उनलाई चार वर्षका लागि नियुक्त गरिएको हो ।

अधिकारी यसअघि नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् । यसअघि निफ्राको पूर्व कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले गत माघमा राजीनामा दिएपछि उक्त पद खाली थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij