काठमाडौं – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोलको ५ रुपैयाँ र डिजेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको हो ।
। घटाइएको मूल्य विहिबार राति १२ बजेदेखि लागु हुने निगमले जानकारी दिएको छ । निगमका अनुसार अब नयाँ मूल्य पेट्रोलको प्रतिलिटर १६५ र डिजेल १५५ रुपैयाँ कायम भएको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपालमा पनि मूल्य घटेको निगमको भनाइ छ । एलपीजी सिलिण्डरको मूल्य भने यथावत छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij