२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकका ग्राहकलाई आगन्तुक रिसाेर्टमा १५ प्रतिशत छुट

सिद्धार्थ बैंकका ग्राहकलाई आगन्तुक रिसाेर्टमा १५ प्रतिशत छुट

440
Shares

काठमाडौं– सिद्धार्थ बैंकका ग्राहकहरुलाई आगन्तुक रिसाेर्टमा १५ प्रतिशतसम्म छुट हुने भएको छ । बैंक र आगन्तुक रिसाेर्ट (धुलिखेल) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले धुलिखेलस्थित आगन्तुक रिसर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजमा १५ प्रतिशतसम्मको र रुम ट्यारिफमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij