२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

हिमालयन रिइन्स्योरेन्सको नाफा ९७ प्रतिशत बढ्यो

हिमालयन रिइन्स्योरेन्सको नाफा ९७ प्रतिशत बढ्यो

1.1K
Shares

काठमाडौं -हिमालयन रिइन्स्योरेन्स लिमिटेडको नाफा ९७ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष २०८०–८१ मा कम्पनीले एक अर्ब २८ करोड रूपैयाँ नाफा कमाएको हो। यसअघि कम्पनीको नाफा ६४ करोड रूपैयाँ थियो।

कम्पनीको खुद प्रिमियम आम्दानी दुई अर्ब ९८ करोडबाट बढेर पाँच अर्ब ४५ करोड पुगेको छ। कुल ६ अर्ब ६२ करोड आम्दानी रहेको कम्पनीको कुल खर्च चार अर्ब ७९ करोड रूपैयाँ छ।

कम्पनीले पाँच अर्ब ८१ करोड प्रिमियममध्ये ३५ करोड १७ लाख रूपैयाँ बराबर प्रिमियमको जोखिम भार अन्य रिइन्स्योरेन्स कम्पनीमा सारेको छ।
अन्य लगानी र कर्जा लगानीबाट कम्पनीलाई एक अर्ब १४ करोड आम्दानी भएको छ। यसअघि यस्तो आम्दानी ८० करोड रूपैयाँ थियो।

कम्पनीको प्रतिसेयर आम्दानी आठ रूपैयाँ ८४ पैसाबाट बढेर १२ रूपैयाँ ३४ पैसा छ। यी कम्पनीलाई बीमा प्राधिकरणले २० अर्ब चुक्ता पुँजी पुर्‍याउन पर्ने व्यवस्था गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ४० करोड रूपैयाँ छ।

कम्पनीको सेयर प्रिमियमको रूपमा ३ अर्ब १८ करोड रूपैयाँ छ। यो पुँजी बोनस सेयर दिन पाइन्छ। यति गर्दा पनि कम्पनीको चुक्ता पुँजी २० अर्ब पुग्न थप ६ अर्ब ४२ करोड आवश्यक पर्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij