काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँ घटेको छ । मंगलबार २१ सय रुपैयाँ बढेको सुनको भाउ बुधबार ३०० रुपैयाँ बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदी १ हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij