२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बुटवल पावरको नाफा घट्यो

बुटवल पावरको नाफा घट्यो

490
Shares

बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमाफर्त ६८ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.१६ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी ७२ करोड ४४ लाख रुपैयाँ थियो।

विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ४२.१७ प्रतिशत घटेर १७ करोड ६४ लाख रुपैयाँमा सीमति भएको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ३० करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ११.४७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २५.७३ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय आम्दानी पनि ५४.७५ प्रतिशत घटेको छ।३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ३ अर्ब ६२ करोड २१ लाख रुपैयाँ रहेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपेयाँ ७७ पैसा घटेर ५ रुपैयाँ १७ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ ६८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५९.९६ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij