काठमाडौं – मन्त्रिपरिषदकाे बैठकले ६ निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले मंगलबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएका हुन्।
१. मन्त्रिपरिषदकाे बैठकले नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना स्वीकृत गरेको छ।
२. त्यसैगरी, एसियाली विकास बैंकबाट सिँचाइ सम्बन्धी परियोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन अर्थात् नेपाली रुपैयाँ करिब १४ अर्ब ६३ करोड सहुलियत पूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब ९९ करोड अनुदान स्वीकार गर्न वार्ता टोली बनाउने निर्णय गरेकाे छ। अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय ।
३. खाद्य व्यवस्था तथा व्यापार कम्पनीको रिक्त महाप्रबन्धक पदमा धादिङका रमेश आचार्यलाई नियुक्त गरिएको छ ।
५. भुटानमा २०८१ साउन २९ गतेदेखि ३२ गतेसम्म हुने फोरम अफ दि इलेक्सन म्यानेजमेण्ट बडी अफ साउथ एसियाको १२ औं सम्मेलनमा सहभागी हुन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भ्रमण स्वीकृत गर्ने।
६. भू–उपयोग ऐन, २०७६ को दफा १४ को उपदफा १ को खण्ड १ बमोजिम संयीयता भूउपयोग परिषद्को सदस्यमा चितवनका रेवती रमण पौडेल, यमुना घले र काठमाडौंका रेश्मा श्रेष्ठ र जगतबहादुर देउजालाई मनोनयन गर्ने निर्णय ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij