२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘टाटा विङ्गर धमाकेदार अफर’ सार्वजनिक

‘टाटा विङ्गर धमाकेदार अफर’ सार्वजनिक

380
Shares

काठमाडौं – नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ग्राहकहरूको सुविधाको लागि ‘टाटा विङ्गरको धमाकेदार अफर’ नामक लाभदायक योजना लिएर आएको छ।

योजनाअन्तर्गत अब जम्मा २० प्रतिशत डाउन पेमेन्टमा ६ वर्षसम्मको चुक्ता अवधिको साथ ७० प्रतिशतसम्मको फाइनान्स सुविधा लिएर सजिलै विङ्गर खरिद गर्न सकिनेछ। मासिक ६० हजार रूपैयाँदेखिको सरल किस्ताबन्दीमा ग्राहकहरूले आफ्नो व्यावसाय विस्तार गर्दै आम्दानीलाई बढाउन सक्नेछन्।

यो योजना अगस्ट महिनाभरी उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ। हरेक दृष्टिकोणबाट ग्राहकहरूलाई सुविधा मिल्ने यो योजनाले विङ्गर खरिदको लागि पर्खिबसेका ग्राहकहरूलाई अत्यन्तै सजिलो बनाउने विश्वास कम्पनीले लिएको छ।

साथै, योजनाको भरपुर लाभ उठाउन सबैमा आग्रह समेत गरेको छ। यसै क्रममा टाटा मोर्टसले हालै रि–लञ्च गरेको टाटा विङ्गर १३+डी विएस६ नयाँ मोडेलको विङ्गर छोटो तथा लामो दूरीको लागि अन्यन्तै किफायती, आरामदायी तथा फाइदामूलक रहेको छ।

सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल/बसेस/प्यानलका प्रडक्ट मेनेजर इन्द्रमणी पोख्रेलले प्रदूषणलाई नियन्त्रण गर्न अत्याधुनिक बिएस६ टेक्नोलोजी भएको यस गाडीमा १०० हर्ष पावरका साथै २०० न्यूटन मिटरको टर्क रहेको जानकारी गराए। साथै, भ्यान सेगमेन्टकै उत्कृष्ट प्रफर्मेन्स भएको नयाँ विङ्गरमा गाडी एक फाइदा अनेक रहेको समेत बताए।

उनको भनाइमा अब मात्र २० प्रतिशतको कम डाउन पेमेन्टका साथै ६ वर्षे किस्ताबन्दीको सुविधा सहित मात्र ६० हजारदेखिको मासिक सरल किस्तामा टाटा विङ्गर खरिद गर्न सबैले सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij