२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्रामीण विकास लघुवित्तको नाफा १४ करोड ७३ लाख

ग्रामीण विकास लघुवित्तको नाफा १४ करोड ७३ लाख

480
Shares

काठमाडौं – ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले उक्त अवधिमा १४ करोड ७३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनी ७ करोड ९१ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा थियो ।

गत आवमा कम्पनीले ४१ करोड ८९ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता पाएपछि नोक्सानीमा सुधार ल्याउँदै सञ्चालन नाफा र खुद नाफा गरेको हो । अघिल्लो आवमा कम्पनीले इम्पेरिमेन्ट चार्जबापत ४८ करोड २७ लाख रुपैयाँभन्दा बढी छुट्याएको थियो ।

त्यस्तै कम्पनीको निष्क्रिय कर्जा अघिल्लो आवमा ९.९५ प्रतिशत रहेकोमा गत आवमा घटेर ६.६५ प्रतिशत कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १६३.९८ रुपैयाँ छ । हाल कम्पनीको चुक्तापूँजी ९८ करोड २५ लाख रुपैयाँभन्दा बढी छ ।

अघिल्लो आवमा १६ करोड ४३ लाख रुपैयाँभन्दा बढी सञ्चालन नोक्सानीमा रहेको कम्पनी गत आवमा ३७ करोड ६० लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफामा छ । समीक्षा अवधिसम्ममा कम्पनीको वितरणयोग्य नाफा ३६ करोड ८२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । यसैगरी, कम्पनीको रिजर्भ कोषमा १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी छ भने रिटेन्ड अर्निङ चाहिं ३६ करोड ८२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।

समीक्षा अवधिमा कम्पनीले १२ करोड ९६ लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ भने ११ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । उक्त अवधिसम्ममा कम्पनीले ३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij