२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्से ७०.८१ अकंले बढ्यो, २७ अर्ब २४ करोडको शेयर कारोबार

नेप्से ७०.८१ अकंले बढ्यो, २७ अर्ब २४ करोडको शेयर कारोबार

305
Shares

 

काठमाडौं–  साताको दोस्रो कारोबारको दिन सोमबार  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७०.८१ अकंले बढेर २९३१.६५ बिन्दुमा कायम भएको छ । आज ३३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता शेयर किनबेच हुँदा २७ अर्ब २४ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । यो कारोबार  हालसम्मकै उच्च हो ।  हिजो शेयर बजारकै इतिहासमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको थियो । सो रेकर्डलाई आज तोड्दै आज २७ अर्ब बढीको कारोबार भएको छ ।

यसदिन ११ उपसूचकमा हरियाली आएको छ । सोमबार बैकिङ समूहको २.९५ प्रतिशत, विकास बैंक समूहको ३ प्रतिशत, फाइनान्स समूहको ४.८१ प्रतिशत, होटल तथा पर्यटन समूहको २.९४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij