काठमाडौं – युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा वर्षमा १ अर्ब ९७ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा वर्षमा कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ७.६३ प्रतिशतले बढेको छ।
आव २०८०।८१ मा कम्पनीले कच्चा पदार्थ उपभोगमा ३ अर्ब ७६ करोड रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यस्तो खर्च ४ अर्ब ४१ करोड रुपैयाँ थियो। कम्पनीको वित्तीय खर्च बढेर ३ करोड ४१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष वित्तीय खर्च २ करोड ९६ लाख रुपैयाँ थियो।
चुक्तापुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ४ अर्ब ७७ करोड रुपैयाँ थियो। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ४ अर्ब २६ करोड रुपैयाँ थियो। रिटेन्ड अर्निङको आकार ११.८३ प्रतिशतले बढेको छ।
समीक्षा वर्षमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी २१४४ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष प्रतिशेयर आम्दानी १९८८ रुपैयाँ थियो। प्रतिशेयर आम्दानी ७.८५ प्रतिशतले बढेको छ। यसैगरी कम्पनीको पीई रेसियो २२.०७ गुणा र प्रतिशेयर नेटवर्थ ५२८५ रुपैयाँ रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij