काठमाडौं- आज नेप्से परिसूचक ९४ दशलमव ५३ अंकले बढेर २,८६० को विन्दुमा कायम भएको छ । आज २२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको शेयर मूल्य घटेको छ । आज कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । आज २५ अर्ब ७७ करोडको शेयर कारोबार भएको छ । गत साउन २२ गते २३ अर्ब ७१ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएर नयाँ रकेर्ड बनाएको थियो । जुन कारोबार हालसम्मकै बढि हो ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ५२ करोडको शेयर कारोबार भएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij