२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ९४.५३ अंकले बढ्यो, कारोबारमा नयाँ रेकर्ड

नेप्से ९४.५३ अंकले बढ्यो, कारोबारमा नयाँ रेकर्ड

440
Shares

काठमाडौं- आज नेप्से परिसूचक ९४ दशलमव ५३ अंकले बढेर २,८६० को विन्दुमा कायम भएको छ । आज २२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको शेयर मूल्य घटेको छ । आज कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । आज २५ अर्ब ७७ करोडको शेयर कारोबार भएको छ । गत साउन २२ गते २३ अर्ब ७१ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएर नयाँ रकेर्ड बनाएको थियो । जुन कारोबार हालसम्मकै बढि हो ।

आज ३३० कम्पनीको ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता शेयर कारोबार हुँदा २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ५२ करोडको शेयर कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आइतबार बैंकिङ समूहको ३.३५ प्रतिशत, विकास बैंक समूहको २.५८ प्रतिशत, फाइनान्स समहको ३.४८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९० प्रतिशत, हाइड्रोपावर समूहको ३.९३ प्रतिशत, इन्भेष्टमेन्ट समहको ४.१२ प्रतिशतसहित १३ वटै उपसूचक बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij