२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ब्राजिलमा जहाज दुर्घटना : ६१ जनाको मृत्यु

ब्राजिलमा जहाज दुर्घटना : ६१ जनाको मृत्यु

365
Shares

काठमाडौं- ब्राजिलमा जहाज दुर्घटना हुँदा ६१ जनाको ज्यान गएको छ । वोयपास एयरलाइन्सको एटीआर ७२-५०० विमानमा ५७ यात्रु तथा ४ जना चालक दलका सदस्य रहेका थिए ।

चालक दलका सदस्यबाहेक ५७ यात्रु बोकेको जहाज ब्राजिलको साओ पाउलो भन्ने ठाउँमा शुक्रबार दुर्घटना भएको हो ।

दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएको छ ।

दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरका लागि उडेको थियो ।

विमान आवासीय क्षेत्रमा खसेको हो । तर, विमान खसेको आवासीय क्षेत्रमा भने अरु कोही पनि घाइते नभएको अधिकारीहरूले बताएका छन् ।​

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij