काठमाडौं – मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड को खुद नाफा र आम्दानीमा वृद्धि भएको छ । संस्थाले गत आव २०८०-८१ को चौथो त्रैमाससम्ममा ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले २ करोड ९५ लाख ५९ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यसरी एक वर्षको अवधिमा संस्थाको खुद नाफा ६०.८४ प्रतिशतले बढेको छ । संस्थाको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ ।
संस्थाले गत आवको चौथो त्रैमाससम्ममा १४ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५६.०२ प्रतिशतले बढी हो । संस्थाले ५ करोड ९३ लाख रुपैयाँ बराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । जुन रकम अघिल्लो आवको तुलनामा ३०२६.६४ प्रतिशतले बढी हो ।
संस्थाको कर्मचारी खर्च ४.८९ प्रतिशतले बढेर ६ करोड ३९ लाख र अन्य सञ्चालन खर्च पनि ३८.९६ प्रतिशतले बढेर ४ करोड ७४ लाख रुपैयाँ पुगेको छ । संस्थाको रिजर्भको आकार ९६.५५ प्रतिशतले बढेर १२ करोड ७८ लाख रुपैयाँ पुगेको छ भने संस्थाको निक्षेप संलकन १ अर्ब ४ करोड र कर्जा प्रवाह २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij